नेपाल भारतको सिमानामा पर्ने कोइलावासमा सडक बनेपछि स्थानीयवासीको मुहारमा खुशी देखिएको छ । राणाकालीन समयमै चहलपहल भएको सो स्थानमा पूर्वपश्चिम राजमार्ग बनेसँगै विस्तारै खण्डहर हुँदै गएको थियो । साविकको राप्ती अञ्चलका सबैजसो जिल्ला र छिमेकी जिल्लाका मानिसको नुन किन्न जाने थलो कोइलावास थियो । कोइलावास जाँदा बाउबाजेले घ्यू, टिमुर, खुदो, अदुवा बोकेर लैजाने र बिक्री…