लाप्राकका भूकम्पपीडितलाई एकीकृत नमूना बस्ती हस्तान्तरण

गोरखा, ९ वैशाख । गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्ती आज भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ । गोरखा भूकम्पबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेका लाप्राकका भूकम्पपीडितको पुनःस्थापनाका लागि निर्माण गरिएको एकीकृत नमूना बस्ती लालपुर्जासहित हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ कार्यालय गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिनुभयो…