पानीका मुहान सुक्न थालेपछि गाउँलेलाई समस्या

–धु्रबसागर शर्मा म्याग्दीको बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटालाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै छ । तर आजभोली त्यो कुवा सुख्खा छ । घट्दैघट्दै अहिले त एक थोपा पानी छैन । जलवायु परिवर्तन, वनजङ्गल विनास र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ…