दुई महीनादेखि पानीको हाहाकार

“लामो समयको खडेरीले पँधेरामा पानी सुकेको छ, दुई महीनादेखि लिफ्टिङ पानीको मेसिनसमेत बिग्रिएपछि दैनिक घरमा अत्यावश्यक पानी कसरी पु¥याउने भन्ने चिन्ता छ”, पोखरा महानगरपालिका– ३३ बरमाझथरस्थित सलिना किराना पसलका सञ्चालक नरहरी पौडेलले भन्नुभयो । लामो समयदेखिको खडेरीले यतिखेर यहाँका स्थानीयवासी पानीको चरम समस्या झेल्दै आएका छन् । स्थानीयवासीको सक्रियतामा सञ्चालनमा ल्याइएको खुर्वादी हुडिकोट लिफ्टििङमार्फत गाउँमा…