गण्डकी, २२ चैत । गाउँ पस्नासाथ परम्परागत पोशाकमा सजिएका थारु महिलाले टीकासहित फूूल मालाले स्वागत गर्दा यहाँ आउने जो कोहीको मन पनि फुरुङ्ग हुने गर्दछ । गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं १५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ । सीमान्तकृत समुदायमा पर्ने…