क्यान्सरपीडित विकासको उपचारमा सहयोग जुटाउन उनले खिचेको फोटो प्रदर्शनी

तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरै क्यान्सर रोगबाट पीडित भएर भारतमा उपचाररत हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर भएपछि विकासको परिवारले सहयोगको अपिल गरिरहेको छ । केही व्यक्ति तथा सङ्घसंस्थाको पहलमा उपचारका लागि रकम जुट्नेक्रम पनि शुरु भएको छ । विकासको उपचारमा सहयोग जुटाउने उद्देश्यले दमौलीमा चैत २० गते फोटो प्रदर्शनी हुने भएको छ ।…