सुत्केरीको रोदन: मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

–नारायण ढुङ्गाना चौध वर्ष ्अघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ । अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा रगत…