पर्यटकीय विकासका लागि पदमार्ग निर्माण

यहाँस्थित सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्र पुग्न सहज बनाउन पदमार्ग निर्माण थालिएको छ । बाह्य पर्यटकको आगमन बढाउन पर्यटन बोर्डको लगानीमा सन्दकपुरस्थित माईपोखरीबाट ढापपोखरीसम्मको ४० किलोमिटर क्षेत्रमा पदमार्ग निर्माण भइरहेको छ । बहुवर्षे योजनाअनुसार हालसम्म करिब १० किमी बाटो निर्माण भइसकेको छ । पञ्चवर्षे योजनाअनुसार प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य माईपोखरी–टप्पु–गोरुवाले भञ्ज्याङ–कालपोखरी–कैयाकट्टा–हाँगेथाम हुँदै ढापपोखरी पुर्याउने योजना छ…