–सागर शर्मा प्युठानका आठ स्थानीय तहले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयस्तरमा रोजगार सिर्जना हुन थालेको छ । जिल्लाका प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, नौवहिनी, मल्लरानी, गौमुखी, माण्डवी, सरुमारानी र झिमरुक गाउँपालिकाले रोजगार कार्यक्रम सञ्चालन गरेका हुन् । ऐरावती गाउँपालिकाले रोजगार कार्यक्रम शुरु गर्ने तयारीमा छ । कार्यक्रममार्फत बेरोजगार जनताले १०० दिनका लागि रोजगारी पाउने छन्…