विपन्नलाई सामूहिकरुपमा नागरिकता

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ६० जनाले आज सामूहिकरुपमा नागरिकताको प्रमाणपत्र पाएका छन् । गाउँपालिका, टोल विकास संस्था र जनप्रतिनिधिको आर्थिक सहयोगमा सदरमुकाम जाने–आउने यातायात र खानाको व्यवस्था भएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर नागरिकता प्रमाणपत्र लिएका हुन् । नागरिकता प्रमाण पत्र लिनेमा राक्सिराङ गाउँपालिका–७ डाम्राङ, गार्लिङ, धिराङ गाउँका छन् । जीवनमै पहिलोपटक ७२ वर्षको…