नेपाल खानेपानी संस्थानले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका ग्रामीण बस्तीसम्म खानेपानी पु¥याउने योजना अगाडि सारेको छ । उपमहानगरपालिकामा जोडिन आएका साविकका गाविसमा पानी ट्याङ्की निर्माण, डिपबोरिङ जडान र पाइपलाइन विस्तार गरी खानेपानीको व्यवस्था पु¥याउन लागिएको नेपाल खानेपानी संस्थान नेपालगञ्ज कार्यालयका सूचना अधिकारी बुद्धिप्रकाश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा जोडिन आएका कारकाँदो, परसपुर, उदयपुरलगायतका क्षेत्रमा खानेपानी…