कृषिमा यान्त्रीकरण: लागत र समयको बचत, उत्पादन वृद्धि

देउखुरी, १५ फागुन । कृषिमा यान्त्रीकरण भएपछि दाङका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागतरुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आर्कषण बढेको छ । दाङको घोराही उपमहानगरपालिका–४ का लक्षुराम…