नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालनार्थ अक्षयकोषको शुभारम्भ गर्नुभएको छ । सुनवल नगरपालिका–४ स्थित कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाद्वारा आज आयोजित समारोहमा संस्थाले स्थापना गरेको रु २५ लाखको अक्षयकोषको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले शुभारम्भ गर्नुभयो । सो अवसरमा मन्त्री त्रिपाठीले तीव्र विकास र व्यस्त जीवनशैलीले आमाबुबा…