मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उहाँ जनश्रमदानमा जुट्नुभएको हो । अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहँु नमूना बस्तीमा सकेको काम गर्दै आएका छन् । “गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम…