कपिलवस्तुको बाणगङ्गा नगरपालिका–१ स्थित सडकपेटीमा शरीरभरी पोलिएर असक्त अवस्थामा भेटिनुभयो अरुणकुमार मानव । स्थानीयले दिएको सूचनाको आधारमा उद्धार गर्दा उहाँ सडक छेउमा रहेको परालमा गुटमुटिएको अवस्थामा हुनुहुन्थ्यो । उहाँको आफ्नै शरीरले घाउ थिचिदा परालका त्यान्द्रा अड्किएर शरीरमै गुजुल्टिएको थियो । घाउमा किरा परिसकेको अवस्थाबाट उहाँलाई गत पुस २७ गते मानवसेवा आश्रमले उद्धार ग¥यो । अरुणका…