रामकोटमा कटुवाल परम्परा कायमै

बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा घोक हाल्ने (कटुवाल) पराम्परा अझै पनि कायमै छ । लामो समय घोक हाल्दै आएका एक व्यक्तिको निधनपश्चात् नरसिं थापामगरले तीन वर्षदेखि गाउँमा कटुवाल लगाउँदै आउनुभएको छ । सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिँदै आएको स्थानीयवासी एकबहादुर थापामगरले जानकारी दिनुभयो । बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई…