गाउँमै रोजगारी : परिवारमा खुशीयाली

बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान १०ः०० नबज्दै कुटो कोदालो समातेर काममा निस्कनुहुन्छ । एक महिनादेखि उहाँको काम स्थानीय सडकका नाली खन्ने, जाली भर्ने र ढुङ्गा बोक्ने हो । गाउँपालिकाले बेरोजगारको सूचीमा राखेर उहाँलाई एक महिनायताको कामले निकै राहत दिएको छ । उहाँका श्रीमान् पिताम्बर शर्मा धेरै काम गर्न सक्नुहुन्न । पहिले पहिले गुल्मीको चोकाटे…