खोलाले बगाएर बालकको मृत्यु

काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो । खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी…