बिरुवामा मुनाः किसानमा पलायो आशा ! रुखको ठुटो कुहिदैगर्दा खेतका गरा भने हराभरा हुँदैछन्

बलेवा, ७ माघ । कान्लामा रहेका चिलौनेका रुखको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढलाइका रुखको ठुटो कुहिदैगर्दा खेतका गरा भने हराभरा हुँदैछन् । गत असारमा लगाएका कागतीका बिरुवामा पलाएको मुनाले बोटको रुप धारण गर्दै छ । बिरुवामा मुना मात्रै पलाएका छैनन् तिनै मुना हेरेर दङ्ग पर्ने किसानका मनमा आशा पनि पलाएको…