माघीमा थारू सङ्ग्रहालय अवलोकन गर्ने बढे

दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । थारूको परम्परालाई हेर्न माघीको अवसरमा सङ्ग्रहालय पुग्नेको भीडभाड बढेको हो । दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित सङ्ग्राहलय पुग्नेको सङ्ख्या थामी नसक्नु रहेको महतवा महासङ्घका केन्द्रीय अध्यक्ष तथा सङ्ग्राहलय निर्माणका पहलकर्ता डिल्लीबहादुर चौधरीले बताउनुभयो । लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहनुभएका चौधरीले भन्नुभयो, “हामीले थारूको कला, संस्कार, संस्कृति तथा परम्परालाई…