दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका ५२ वर्षीय कृष्ण खत्री हप्तामा दुई पटक मिर्गौलाको डायलासीस गराउनुहुन्छ । वीरेन्द्र सैनिक अस्पताल काठमाडौँमा चार वर्षअघि (विसं २०७३ असार) भर्ना भएर डायलासीस गराइरहनुभएका खत्रीको दुवै मिर्गौला काम नलाग्ने भएको छ । कमजोर आर्थिक अवस्थाका खत्री त्यतिबेला ओछ्यानमा बिरामी पर्नुभएको थियो । दिनभर घरको काम गरेर बेलुका खाना खाएपछि सन्चै सुत्नुभएका…