चिसो स्याँठ र डम्म हुस्सुबीच तिलासक्रायत मनाइँदै

लगातार चिसो स्याँठ चल्ने र चारैतिर डम्म हुस्सुले ढाकेबीच मैथिल (मिथिलाका बासिन्दा) तिलासक्रायत पर्व मनाइँदैछ । पछिल्ला चार दिनयता लगातार चिसो स्याँठ बहिरहने र दिनभरि घाम नदेखिएर चारैतिर डम्म हुस्सुले ढाकिएको अवस्था छ । माघे सङ्क्रान्ति पर्वलाई मिथिला क्षेत्रमा तिलासक्रायत र मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । मिथिलामा हिन्दू परम्पराका सबैजसो जाति समुदायले मनाउने तिलासक्रायत…