४० वर्षदेखि जुत्ता सिलाएर आत्मनिर्भर

–अञ्जना पराजुली तराईको कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो होस वा चर्को घाम वा झरी नै किन न होस, ७० वर्षीय पच्चुराम हरिसन सडक पेटीमा सधैं व्यस्त भेटिनुहुन्छ । पुराना र फाटेका चुत्ता र चप्पल सिलाउन औंला चलाइरहनुहुन्छ । प्रायः ग्राहकबाट उहाँ घेरिएका हुन्छन् । विराटनगर महानगरपालिका गुद्री बजारस्थित हनुमान मन्दिर छेउमा बसेर विगत ४०…