वैशाखभित्रै नयाँ घर पाउँदै बिहुँ काउलेका भूकम्पपीडित

भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत बस्ती निर्माण शुरु भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई सापकोटा चोकमा एकीकृत बस्ती निर्माण शुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ । एकाइ (भवन)का प्रमुख उमेशकुमार चौधरीका अनुसार…