पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गारिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहले प्राङ्गारिक खेतीतर्फ उन्मुख भएका हुन् । यहाँस्थित तीनवटा स्थानीय तहमा प्राङगारिक खेती प्रणाली अपनाउन किसानलाई सूचित गर्ने व्यवस्था गर्दै आएका छन् । त्यसमा पनि पछिल्लो समय कृषि ज्ञान केन्द्रबाट प्राङगारिक खेतीका लागि…