ज्येष्ठ नागरिक आश्रमको अमानवीय क्रियाकलाप – कठ्यांग्रिने जाडो महिना मै निकालियो विरामी वृद्धा आमालाई

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आउनुभएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुग्नुभएकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मौखिक गुनासो गर्नुभएको छ । आश्रममा आफू…