–नारायण ढुङ्गाना सर्लाहीको हरिवन नगरपालिका–४ पटौनाका उनबहादुर कार्कीका कान्छा छोरा रुद्रबहादुर (विष्णु) को बिहे धुमधामका साथ हुँदै थियो । आमा हीराकुमारी खुशीले गद्गद् हुँदै बुहारी भित्र्याउन साँझको चाँजोपाँजोमा गर्दै गर्दा बेहुली घर सिन्धुलीस्थित छोराकै कारण सन्नाटा छाउँदै थियो । सिन्धुलीमा लगनगाँठो कसेर सिन्दूर÷पोतेपछि बिहे अन्तिम सङ्कल्प गर्ने बेला रुद्रबहादुरले एक्कासि ‘ल तेरी छोरी लान्न’ भनेपछि…