मानव अधिकार तथा शान्ति समाजले निजी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाका विपन्न परिवारलाई जाडोबाट बच्न कम्बल वितरण गरेको छ । समाजको पर्सा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायतकोे सहयोगमा पुस १० गते वीरगञ्ज महानगरपालिकाको वडा नं ४, ५ र ७ का विपन्न दलित परिवारलाई २०० थान कम्बल वितरण गरेको केन्द्रीय महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिनुभयो…