जनकपुरधाममा मिथिला डिपार्टमेन्टमा भीषण आगलागी

जनकपुरधाम, ९ पुस । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । करीब १०.३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ । नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रण आएको छ । धनुषा जिल्ला…