महेन्द्रनगर, ९ पुस । साधारण लेखपढ गर्न जान्ने कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडावकी कमला चौधरी गाउँमा महिलाले सञ्चालन गरिरहेको कृषि सहकारीको अध्यक्ष हुनुहुन्छ । आठ वर्षदेखि सञ्चालनमा रहेको सम्झना महिला कृषि सहकारी संस्थाले रु ४३ लाखको आर्थिक कारोवार गरिरहेको छ । यसबाट गाउँका विपन्न, सुकुम्वासी, मुक्त कम्लहरी र दलित महिला प्रत्यक्ष लाभान्वित भएका छन् । सहकारीमा…