एक पटक लगानी गरेपछि ४०/ ५० वर्षसम्म उत्पादन दिइरहने किबी खेतीतर्फ किसान आकर्षित

अमरगढी, ६ पुस । डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका साथै आर्थिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको किबीखेती तर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी आएको तथा पर्याप्त मात्रामा फल्न नसकेका कारण किसान किबीखेती तर्फ लागेका हुन् । शुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारकोसमेत अभाव नहुने भएपछि किसान सो खेतीतर्फ आकर्षित भएका हुन्…