पर्वत, ७ पुस । पर्वतको जलजला गाउँपालिकाले ६० वर्ष उमेर पूरा गरेका मजदूरका लागि ‘मजदूर सञ्चय कोष’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुनसमेत मजदूरलाई आग्रह गरेको छ । दुःख गरेर अरुका लागि खट्ने मजदूरहरुलाई अप्ठेरो परेका बेला कतैबाट पनि सहयोग नपाउने अवस्था आउने भएकाले सञ्चय कोषको शुरुआत गरिएको पालिकाका अध्यक्ष यामबहादुर मल्ल…