जनकपुर, ३ पुस । मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बीप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको सन्देशमा त्रेतायुगमा माता सीता र भगवान् रामको विवाह भएको संस्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बी तथा महोत्सवमा सहभागी हुन जनकपुर पाल्नुभएका श्रद्धालु भक्तजनप्रति शुभकामना व्यक्त…