तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छिम्केश्वरी प्रवद्र्धनका लागि पालिकाको पहल

दमौली, १ पुस । तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छ छिम्केश्वरी । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरीमा प्रसिद्ध छिम्केश्वरी माईको मन्दिर छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित यस ठाउँमा नयाँ वर्ष र फागु पूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गरेको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको यस ठाउँ ओझेलमा परेपछि आँबुखैरेनी…