बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित ताक्लेनानमा रु ४५ लाखमा बुद्ध दृश्यावलोकन पार्क बनेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक गाउँको सिङ्गो दृश्य देखिने गरी ताक्लेनानको डाँडामा पार्क बनाइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । “पार्कभित्र करिब पाँच फिट अग्लो बुद्ध मूर्ति राखिएको छ”, उहाँले भन्नुभयो,“ बौद्ध संस्कृति झल्कने खालका सामग्री पनि पार्कभित्र राखिएको छ ।”…