–रवीन्द्र काफ्ले पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को सीमामा अवस्थित मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि गुमनाम रहेको यो झरनालाई स्थानीय दीपज्योति युवा क्लबले प्रचारमा ल्याएपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । निकै दुर्गम स्थानमा रहेको यो झरनामाथि निर्माण गरिएको झोलुङ्गे पुलबाट झरनाको दृश्यावलोकन गर्न निकै आनन्द…