दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले कानूनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप नेपाल निर्माण व्यवसायी महासङ्घ सदस्य रहेका संस्थालाई पक्राउ गरेकामा आपत्ति जनाएको छ । प्रशासनले श्री एडभेन्चर÷जेबीका यज्ञबहादुर खत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासङ्घका महासचिव रोशन दाहालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख…