ताप्लेजुङ, १४ मङ्सिर, । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा हुनुहुन्छ । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएका उहाँ पर्यटक नै नआएपछि फुर्सदिलो बन्नुभएको हो । “यस मौसममा हाम्रो होटलमा फाट्टफुट्ट स्वदेशी र विदेशी चार…