एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तह रहेको जुम्लामा बालविवाहप्रति ध्यान गएको छैन । बालविवाह न्यूनीकरण कार्य स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको यहाँका स्थानीयवासी बताउँछन् । बालविवाहका बारेमा स्थानीय तह जागरुक भएका छैनन् । स्थानीय तहले कानुन बनाएर बालविवाह रोक्ने अभ्यास नै गरेका छैनन् । झनै स्थानीय तहका जनप्रतिनिधिले बालविवाह भइरहेको भोजभतेरमा सहभागी भएर…