स्याङ्जाको चापाकोटमा सामूहिक केरा खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक केरा खेती शुरु गरिएको हो । चार जना किसानले सामूहिक केराखेती थालेका हुन् । एक्लाएक्लै भन्दा सामूहिक रुपमा ज्ञान सीप आदानप्रदान गर्दै काम गर्दा सहजता हुने र लगानीमासमेत साझेदारी…