प्रकृतिपूजक मगर समुदायले यसपालि धुमधामसँग ‘भुस पोल्ने पर्व’ मनाउन पाएनन् । १५औँ शताब्दीदेखि चल्तीमा आएको मानिने सो पर्व कोभिड–१९ का कारण पूजापाठ र औपचारिकतामै सीमित रह्यो । ताराखोला गाउँपालिका–२ अर्गलमा वर्षेनी कात्तिक २४ गतेदेखि शुरु हुने पर्वको रौनक महिनाको अन्त्यसम्मै चल्थ्यो । मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले यो वर्ष परम्परा धान्ने…