काठमाडौँ, २३ कात्तिक । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र कोरेर ‘हन्ड्रेड आवर्स’ अनलाइन कला कार्यशालाको शुरुआत गरिएको छ । मन्त्री गुरुङले उद्घाटन गरेपछि प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उहाँकै मुहारचित्र बनाएर अनलाइन कार्यशालाको थालनी गर्नुभएको हो । उहाँले मन्त्रीलाई सामुन्य बसाएर उहाँको मुहारलाई क्यान्भासमा रङ भर्नुभयो । उक्त समारोहमा मन्त्री गुरुङले भन्नुभयो, “विश्व अभिलेख राख्ने…