दीपावली र छठ पर्व नजिकिएसँगै महोत्तरीसहित मिथिला क्षेत्र उमङ्गित छ । कृष्णपक्षमा मनाइने उज्यालोको पर्व दीपावलीको तयारीमा प्रदेश नं २ मा पर्ने सम्पूर्ण मिथिला क्षेत्र अहिले पर्वमय बनेको हो । दीपावली पर्वको पक्ष (कात्तिक कृष्णपक्ष) शुरु भएसँगै मिथिला क्षेत्रका सबैजसो घर रङ्गरोगन गरेर चम्क्याइँदा छन् । के धनी, के गरिब सबै आफ्नो सावगासअनुसार रमाइलो पर्व…