नेपालमा अन्यत्र कतै नफल्ने रैथाने जातको ‘जोरायली बास्मती धान’ का बाला झुलेर पहेँलपुर भएका खेतका फाँट देख्न सकिन्छ यतिखेर रमणीय जोरायलमा । जोरायल उपत्यकामा लहलह भएका धानका बाला झुलिरहेको दृश्य निकै रमणीय लाग्छ । धानका फाँट र कलकल बग्ने कर्नासी नदीसहितको वरिपरिको प्राकृतिक दृश्यावलोकनले त्यहाँ पुग्ने जोसुकैलाई पनि आनन्दको अनुभूति गराउँछ । खेतका फाँटमा सप्रेको…