किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आउनुभएको छ ।  “बालीमा कीरा वा रोग लागे सोअनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान नदिएर…