धरान, ६ कात्तिक । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घ रोग भएका उनलाई यही कात्तिक ३ गते सङ्क्रमण पुष्टि…