सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालन हुने भएको छ । दुवै जिल्लाको सबै स्थानीय तहमा एक–एक वटा ब्लक सञ्चालन गरिने कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत लागत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, व्यावसायिक ब्लक कार्यक्रमका लागि प्रस्ताव दर्ता गर्न किसानसँग कार्यालयले अनुरोध गरेको…