९२ सुत्केरीले लिए एम्बुलेन्स सेवा : निःशुल्क एम्बुलेन्स सेवा पाएपछि सुत्केरलाई सहज

टीकापुर, २२ असोज । कैलालीको टीकापुर नगरपालिकाले सञ्चालन गरेको ‘होम टु हस्पिटल’ कार्यक्रमबाट ९२ सुत्केरीले सेवा लिएका छन् । होम टु हस्पिटल अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रमबाट निःशुल्क एम्बुलेन्स सेवा पाएपछि सुत्केरलाई सहज भएको छ । विसं २०७५ माघ १७ गतेदेखि शुरु भएको होम टु हस्पिटल कार्यक्रमबाट अहिलेसम्म ९२ महिलाले सेवा लिएको नगरपालिकासँग तथ्याङ्क छ ।…