विदेशबाट फर्केर तरकारी उत्पादनमा बागलुङका दाजुभाइ

गलकोट, २१ असोज । लामो समयको वैदेशिक रोजागारीपछि स्वदेशमा नै केही गर्ने उद्देश्यले घर फर्किएका दुई दाजुभाइले तरकारी खेती शुरु गर्नुभएको छ । बागलुङ नगरपालिका–४ गौरीधामका दुई दाजुभाइ पछिल्लो दुई वर्षदेखि व्यावसायिक तरकारी खेतीमा अग्रसर हुनुभएको छ । दाजुभाइ भविलाल विक र टेकबहादुर विकले भाडामा लिएको १४ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरी रहनुभएको छ…