ओइले रोगले गोलभेँडाको बोटै सुकायो : कृषक निराश

गलकोट, १८ असोज । बीस वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आउनुभएका बागलुङका अगुवा किसान गङ्गा थापा अहिले निराश हुनुभएको छ । यो मौसममा फल्ने अवस्थाका गोलभेँडाका बिरुवा धमाधम मर्न थालेपछि उनी निराशा देखिन थालेका हुन् । फलामको स्थायी चार टनेलमा लगाइएको गोलभेँडा खेती सुकेपछि यो मौसममा लगानी खेर गएको छ । गोलभेँडामा ओइले रोगको प्रकोप…