जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको सङ्ख्या पनि बढ्दो छ । कानूनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये १५ दशमलव ५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला सामुदायिक…