बस्ती विस्थापनबारे अध्ययन समिति गठन

वालिङ, ४ असोज । स्याङ्जाको वालिङ नगरपालिकाले बस्ती विस्थापित गर्ने÷नगर्ने अध्ययनका लागि समिति बनाएर काम थालेको छ । नगरपालिकाका १४ वटा वडामा पहिराका कारण जोखिममा परेका बस्ती विस्थापित गर्नुपर्ने वा नपर्ने त्यसको अध्ययन गरी नगर कार्यपालिकामा प्रतिवेदन बुझाउन भनिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । अध्ययन समितिले विस्थापित गर्नैपर्ने बस्ती र तिनीहरुलाई विस्थापित गर्नुपर्ने सम्भावित सुरक्षित…