काठमाडौँ, १२ भदौ । याक्थुङ मुन चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ) को चौंथो महाधिवेशन आगामी २९ र ३० कार्तिकमा ललितपुरस्थित चुम्लुङहिममा हुने भएको छ । सयङको शुक्रबार राजधानीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङको संयोजकत्वमा लोकेन साँवा र लक्ष्मी योङ्हाङ सदस्य रहेको विधान मस्यौदा समिति गठन गरेको छ…